तीन दिनको मौसमको अवस्था, कहाँ कस्तो रहने छ ? | Khabarhub Khabarhub

तीन दिनको मौसमको अवस्था, कहाँ कस्तो रहने छ ?


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूवर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाे जनाएको छ ।

महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ र तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। पूर्वी उच्च पहाडी तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार राति देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ ।

त्यसैगरी सोमबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

सोमबार राति देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आंशिक बादली रहनेछ।

माघ १४ गते मंगलबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।

मंगलबार राति देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भू-भागका केही स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पूर्वी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ६ : २० बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे