स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु | Khabarhub Khabarhub

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट सख्त घाइते भएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ ।

हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका–३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : ५९ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको