प्रचण्डले भने– विकल्प हुँदाहुँदै प्रधानमन्त्रीले गलत कदम चाल्नुभो | Khabarhub Khabarhub

प्रचण्डले भने– विकल्प हुँदाहुँदै प्रधानमन्त्रीले गलत कदम चाल्नुभो

मलाई हुन्छ भन्नुभयो, अनि हिँडेपछि विघटन गर्ने निर्णय गुर्नभयो


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सहमति गरेर प्रधानमन्त्री केपी शमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

आफूले बिहान प्रतिनिधिसभा विघटनको कदम प्रधानमन्त्रीले चाल्ने सुइको पाएर भेट्न गएको भन्दै प्रचण्डले अन्य विकल्प अपनाउँ भन्दा हुन्छ भन्दै प्रधानमन्त्रीले अर्कै कदम चालेको बताए ।

बबरमहलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले चाल्ने कमदको विषयमा थोरैमात्र सुनेपछि म बालुवाटार गएँ । त्यहाँ यस्तो कदम नचालौँ अरु विकल्प छ भन्दा उहाँले हुन्छ भन्नुभयो । उहाँसँगको कुराकानीमा सकारात्मक भएर हिँडेको लगत्तै मन्त्रिपरिषद बोलाएर विघटनको प्रस्ताव तयार पार्नुभएछ ।’

लगत्तै मन्त्रिपरिषद बसेको कुरा सुनेपछि आफूले सुवास नेम्वाङसँग कुरा गर्दा प्रधानमन्त्री संवैधानिक परिषदसम्बन्धी जारी भएको अध्यादेश फिर्ताका लागि शीतल निवास गएको भनेपनि विषय अर्कै रहेको पछिमात्र पत्ता पाएको बताए ।

उनले प्रधानमन्त्रीले एकल रुपमा संसद विघटन गर्न चालेको कदम नेपाली इतिहासको कालो दिनका रुपमा रहेको पनि बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : ०९ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा