मिर्गौला पीडितलाई १३ लाख सहयोग | Khabarhub Khabarhub

मिर्गौला पीडितलाई १३ लाख सहयोग


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- मालिका सेवा समाज बागलुङले विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख रूपैयाँ सहयोग गरेको छ ।

बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौला पीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो ।

समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गरे ।

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट रु तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट रु एक लाख २७ हजार ४७०, युकेबाट रु एक लाख ८५ हजार ९२० संकलन भएको थियो ।

यस्तै कोरियाबाट रु एक लाख ५३ हजार ९११, दुबईबाट रु एक लाख ३० हजार, कतारबाट रु ८९ हजार ८५२, साउदी अरबबाट रु ८२ हजार ११०, भारतबाट रु ५८ हजार ३०४, स्थानीय समन्वयबाट रु ९० हजार र मालिका वडा कार्यालयबाट रु २० हजार नगद सहयोग प्राप्त भएको केसीले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०