बदलिँदो विश्वमा अमेरिकी सुरक्षा रणनीति « Khabarhub
Logo
३ बैशाख २०७८, शुक्रबार

बदलिँदो विश्वमा अमेरिकी सुरक्षा रणनीति



‘आफू स्वतन्त्र भएको मिथ्या विश्वास बोक्ने व्यक्तिभन्दा ठूला बन्धक संसारमा अरू कोही छैनन् ।’

जर्मन साहित्यकार गोएथेले व्यक्त गरेको स्वतन्त्रतासम्बन्धी यो अभिव्यक्तिले मानवजातिको दुःख दर्शाउँछ ।

सन् १९८९ मा बेइजिङमा भएको तियानमेन स्क्वायरको घटनापछि चीनले प्रकाशन गरेको पाठ्यक्रमलाई सम्भ्रान्त वर्गले गलत तरिकाले बुझे । हाम्रा नेताहरूले सोभियत संघ विघटनपछि चीनले पुँजीवादी व्यवस्था अँगाल्दै अन्य पश्चिमा देशजस्तै व्यवस्था लागु गर्छ भन्ने सोचेका थिए ।

अमेरिका र अन्य विदेशी आर्थिक र प्राविधिक पक्षसँग जोडिएको चीनले यसबीच ठूलो पुँजी संकलन गर्‍यो । त्यति नै मात्रामा धनाढ्यको जन्म भयो । यो पुँजीवादी विकासको नमुना थियो, जसले बिस्तारै चिनियाँ नागरिकलाई प्रजातन्त्र र स्वतन्त्रताको आभास गराउने सोचिएको थियो ।

यो एउटा राजनीतिक सिद्धान्तको अर्को व्यवस्था पनि हुन सक्छ भन्ने कुरा यसबीचमा बुझिएन । पुँजीको प्रचुर विकास गरेको चीनले अन्य दललाई नियन्त्रण र निर्मूलन गर्ने बाटो अख्तियार गर्‍यो । चीनले आफ्नो अर्थ नीतिमा स्वतन्त्रताको आवाज र अल्पसंख्यकलाई दबाउने नीति लियो, जुन युद्धअघिको नेशनल सोसलिस्ट पार्टी जर्मनीको प्रारूपसँग नजिक थियो ।

जर्मनीको पुनर्निर्माण र औद्योगिकीकरणको प्रयासले सन् १९३० को दशकमा सामान्यतया विल्हेल्म मेसेर्समिट, क्रुप परिवार, आईजी फर्बेनका हर्मन स्मिट्ज र क्लाउड डोर्निरजस्ता आविष्कारक र उद्योगीहरू अरूभन्दा धनाढ्य वर्गमा गनिन थाले । उक्त समयमा चीनलाई एक कट्टर कम्युनिस्ट हुनु घातक हुँदै थियो ।

हामीले चीनले अवलम्बन गर्न नखोजेको व्यवस्थाका विषयमा जानकारी लिने चेष्टा नै गरेनौँ । सन् २००९ मा लिऊ स्याओवाओ, जसले चीनभित्र स्वतन्त्रताको माग गर्दै बडापत्र ०८ लेखेका थिए, उनलाई एघार वर्षको काराबास सजाय घोषणा गर्दा नै हामीले चीनको यो संकेत बुझ्नुपर्ने थियो ।

यसको बदलामा युद्धअघिको जर्मन मोडल फरक थियो । जर्मनीले जस्तै आर्थिक, वैज्ञानिक र सैनिक हिसाबमा चीनजस्तो बृहत्तर जनसंख्या भएको देशले शक्ति सञ्चय गर्ने हो भने पूरा विश्वलाई नियन्त्रणमा लिन सक्ने हैसियत राख्थ्यो ।

सोभियत संघको पतनपछि चीनले आफ्नो आर्थिक विकासका लागि जेजस्तो नामको मुखौटा लगाए पनि खासमा चीन जर्मनीको जस्तै मोडलमा आफूलाई अभ्यस्त बनाउँदै थियो ।

चीनले आफ्नो विकास जारी राख्न र आफूले उत्पादन गरेका वस्तुमा मौलिकपनको आभास विश्वलाई दिन जरुरी ठान्यो । योसँगै राजनीतिक र सैद्धान्तिक दमन, बौद्धिक सम्पत्ति चोरी र छल गरेर भए पनि विदेशी पुँजीको उपयोग गर्ने आधार निस्तेज गर्नसक्ने अवस्थामा थिएन । यति हुँदा पनि चीनको शासन व्यवस्था सिद्धान्त र अलौकिक स्वतन्त्रताको जिद्दीपनमा अडिएको थियो ।

स्वतन्त्रतासँग सम्बन्धित विषय विश्वका कुलीन वर्गलाई लोभ्याउन र सहकार्य गर्न पर्याप्त थियो । त्यही सहकार्यको प्रतिफलस्वरूप चीनले आफ्नो दमनकारी शासन व्यवस्था झनै मजबुत बनाउँदै लग्यो ।

हामीले चीनले अवलम्बन गर्न नखोजेको व्यवस्थाका विषयमा जानकारी लिने चेष्टा नै गरेनौँ । सन् २००९ मा लिऊ स्याओवाओ, जसले चीनभित्र स्वतन्त्रताको माग गर्दै बडापत्र ०८ लेखेका थिए, उनलाई एघार वर्षको काराबास सजाय घोषणा गर्दा नै हामीले चीनको यो संकेत बुझ्नुपर्ने थियो ।

स्वतन्त्रता माग गर्ने लिऊलाई दिइएको सजायपछि पनि पश्चिमा प्रविधि र अर्थतन्त्रबाट चीन वञ्चित हुनुपरेन । लिऊले सन् २०१० को नोबेल शान्ति पुरस्कार त पाए तर त्यो लिन उनले सन् २०१७ सम्म कुर्नुपर्‍यो । उनी काराबास सजाय भोगिरहेका थिए । रिहा हुँदा उनलाई कलेजोको क्यान्सर देखियो ।

हामीले भोगिरहेको र देखिरहेको विषयमा पनि कहिलेकाहीँ दृष्टिभ्रम हुने गर्छ । कहिलेकाहीँ असत्य पनि सत्य लाग्न सक्छ, सत्य पनि असत्यजस्तो लाग्छ । यस्तो भोगाइले काल्पनिक विषय र सत्य छर्लङ्ग पारेको छ ।

अफिम युद्धपछि पश्चिमा देशको खटन मान्न परेको चीन पछि रुस र जपानबाट अतिक्रमणमा पर्‍यो, जसले गर्दा १८३९ बाट सन् १९४९ सम्म एक शताब्दी अपमानको बिरासतमा रहेको चीन त्यसलाई अन्त्य गर्न चाहन्छ ।

लोकतन्त्र पालनाको सम्बन्धमा चीनले वकालत गर्दै आएको आफ्नो तरिका र हालै चीनबाट सुरु भएको कोरोना भाइरसले पनि उसको लोकतन्त्रप्रतिको बुझाइ थप प्रष्ट पारेको छ । विषाक्त मानसिकताले हाम्रो सरकार, एकेडेमिक र व्यावसायिक क्षेत्रका अगुवालाई गाँजेको छ । यस्तो नेतृत्वले हाम्रो समाजमा आउन सक्ने विपत्ति सामना गर्न सक्ने हामी विश्वास गर्छौं ।

यस्तो अन्धोपनको अन्त्य हुनुपर्छ ।

जनगणतान्त्रिक मुलुक चीन अमेरिकी इतिहासमै अनौठो खालको खतराका रूपमा देखापरेको छ । कोरोना भाइरसको विपत्तिका कारण हामीले चीन र त्यसको कम्युनिस्ट शासनको छलकपट र त्यसले मावनजातिमा पारेको प्रभाव नजिकबाट देखेका छौँ ।

चीनमा लाखौँको संख्यामा निधन भएका मानिसको जिम्मा कम्युनिजमले लिनुपर्छ । आफ्नो शासन व्यवस्थालाई मजबुत राख्न अन्धविश्वासलाई चीनले आफ्नो साधन बनाएको छ ।

के हामी सुन्दैनौँ ?

नियन्त्रित शक्तिको भोको चीन एक प्रकारको सर्प, ओबोरबोरस (गोलाकार सर्प) जस्तो छ, जो आफूले आफैँलाई खान पनि पछि पर्दैन । पुँजीवादी देशबाट कमाएको पैसा कम्युनिजमको विकासमा खर्च गरेको छ अनि त्यही पुँजीवादी देशलाई हानी गर्दै त्यहाँ रहेका आफ्ना ग्राहकलाई क्षति पुर्‍याउने दिशामा लागिपरेको छ ।

ओबोरबोरसले सबै प्रकारको सुरुवात र अन्त्यको प्रतिनिधित्व गर्छ । अफिम युद्धपछि पश्चिमा देशको खटन मान्न परेको चीन पछि रुस र जपानबाट अतिक्रमणमा पर्‍यो, जसले गर्दा १८३९ बाट सन् १९४९ सम्म एक शताब्दी अपमानको बिरासतमा रहेको चीन त्यसलाई अन्त्य गर्न चाहन्छ ।

कोरोना भाइरस एउटा डरलाग्दो महामारी हो तर हामीले आजभन्दा दसबीस वर्षपछिको विश्वको कल्पना गर्नुपर्ने हुन्छ, जुनबेला चीनको कुल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा ५० प्रतिशतले धेरै हुनेछ । त्यसबेला चीनसँग कति शक्ति सञ्चय होला ? उनीहरूले अरूलाई नियन्त्रणमा लिन कस्तो हतियारको प्रयोग गर्लान् ?

सिर्जनशील विध्वंश हाल धेरै क्षेत्रसँग सम्बन्धित भए पनि यसको मुख्य अभ्यास मार्क्सको विचारमा पाइन्छ । नामले नै भन्छ कुनै पनि नयाँ विकासका लागि भएको संरचनाको विनाश आवश्यक छ । यही बाटो चिनियाँ कम्युनिस्ट पार्टीले पछ्याएको छ ।

हाम्रो देशको निष्क्रियताका कारण हामी चीनको यो प्रगतिलाई उचितरूपमा स्वीकार गरिरहेका छौँ । स्वीकार नगर्दा आर्थिक हिसाबमा हामीलाई नै ठूलो घाटा हुन्छ ।

कोरोना भाइरस एउटा डरलाग्दो महामारी हो तर हामीले आजभन्दा दस–बीस वर्षपछिको विश्वको कल्पना गर्नुपर्ने हुन्छ, जुनबेला चीनको कुल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा ५० प्रतिशतले धेरै हुनेछ । त्यसबेला चीनसँग कति शक्ति सञ्चय होला ? उनीहरूले अरूलाई नियन्त्रणमा लिन कस्तो हतियारको प्रयोग गर्लान् ?

दोस्रो विश्व युद्धको सुरुवातमा धेरै रणनीतिकारले जर्मनी र जपानले युद्ध हार्ने पूर्वानुमान गरेका थिए । यो अनुमान गर्नुको पछाडि विभिन्न कारण थिए । जनसंख्या र प्राकृतिक स्रोतसाधनको हिसाबमा यी दुवै देश अमेरिकाले नेतृत्व गरेको शक्तिको तुलनामा कमजोर थिए ।

यी दुवै देश लामो समयसम्म युद्धमा रहन सक्ने अवस्थामा थिएनन् । त्यसपछि सोभियत संघले हाम्रो स्थायित्वमा ठूलो खलल पुर्‍यायो । विशेष गरी अन्तर्राष्ट्रिय शान्ति, विकास र व्यक्तिगत स्वतन्त्रताको विषयमा ।

सन् १९५० र ६० को दशकमा अमेरिकी गुप्तचर निकाय सीआईएका विश्लेषकहरूले सोभियत संघको अर्थतन्त्रले अमेरिकालाई उछिन्ने विश्लेषण गरिरहे । यस विषयलाई सोभियत प्रधानमन्त्री निकिता खुरस्चेव पनि बारम्बार दोहोर्‍याइरहन्थे । यो विश्लेषणले अमेरिकाको धेरै नीतिलाई प्रभावित पार्‍यो तर सोभियत संघ अमेरिकाको अर्थतन्त्रको नजिक कहिल्यै आउन सकेन । आज अमेरिकाको कुल गार्हस्थ उत्पादन रसियाको भन्दा बाह्रगुणा ठूलो छ ।

चीनले हाल अख्तियार गरेको उसको व्यापार नीतिलाई पश्चिमा देशले लागुऔषध कारोबारमा गरेको धोकाधढीसँग पनि जोडेर हेर्न सकिन्छ ।

चीनले अमेरिकालाई कम्तीमा अर्को दशकसम्म आर्थिकरूपमा पछि पार्नेजस्तो देखिएको छ । ‘प्रर्चेजिङ पावर प्यारिटी’ (पीपीपी) का आधारमा हेर्ने हो भने चीनले अमेरिकालाई पछि पारिसकेको छ ।

चीनका मानिसको प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा कम छ । तर उनीहरूको जनसंख्या अमेरिकाको भन्दा करीब ४ दशमलव २५ गुणा ठूलो छ । त्यसैले चीनको प्रतिव्यक्ति आय कुनै विकसित देशको तुलनामा पुग्यो भने त्यसबेला चीनले आर्थिक हिसाबमा विश्वको जुनसुकै शक्तिलाई पनि पछि पार्ने ल्याकत राख्नेछ ।

पुनर्निर्माणको उद्देश्यलाई एकाकार गर्दै दोस्रो विश्व युद्धपछि अमेरिकाले पश्चिम युरोप र जापानको पुनर्निर्माणलाई निरन्तर सहयोग गर्दै आयो । यो पुनर्निर्माणमा अमेरिकाले चार चरणको कार्यक्रम छुट्टाछुट्टै राष्ट्रपतिको आठ कार्यकालसम्म जारी राख्यो, जसका कारण पुनर्निर्माणले निश्चित आकार लिन सकेको थियो ।

यही सहयोग कदमस्वरूप कम्युनिस्ट चीनले पनि अमेरिकाको सहयोग प्राप्त गरेको थियो । त्यस्तै अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले चीनलाई कूटनीतिक मान्यता दिँदै अमेरिका जनगणतन्त्र चीनसँग दुई पक्षीय सम्बन्ध राख्न तयार रहेको घोषणा गरेका थिए ।

तेस्रो भनेको, अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनलाई विश्व व्यापार सङ्गठनको सदस्यको मान्यता दिनु हो । त्यस्तै, उनले चीनलाई नागरिक र सैन्य प्रविधिको प्रयोग एकैपटक गर्न पाउने छुट पनि दिएका थिए । राष्ट्रपति बाराक ओबामाले चीनलाई एक अनुकूल मित्र राष्ट्रको मान्यता दिँदै अमेरिकी संस्था र शक्तिको संरचनासँग एकाकार गराए ।

बेलायतका प्रख्यात अर्थशास्त्री एन्गस म्याडिसनले लेखेका छन्, ‘चीन पछिल्ला शताब्दीसम्म विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा रहँदै आएको थियो । यो स्थान सन् १८९० मा अमेरिकाले लियो । अन्य देशको तुलनामा सन् १९५२ मा चीनको प्रतिव्यक्ति आय निकै कम थियो । त्यसबेलाको प्रतिव्यक्ति आय सन् १८२० को तुलनामा पनि कम थियो, जुन एक विरोधाभासपूर्ण छ ।

यो अवधिमा चीन विश्वको कुल अर्थतन्त्रको तेस्रो ठूलो देशबाट एक्काइसौँ स्थानमा झर्‍यो । ठूलो अर्थतन्त्रबाट अन्य देशसरह चीनको अर्थतन्त्र मध्यम भयो ।’

चीनको अर्थतन्त्र निरन्तर गिर्नुमा बेलायती सरकारले चीनसँग छेडेको अफिम युद्धलाई एक प्रमुख कारणका रूपमा लिन सकिन्छ । यो युद्धले चीनको लागुऔषध व्यापारमा रहेको एकलौटी बजार खुम्च्यायो । यस्ता अन्य धेरै कारणले उसको सार्वभौमसत्तामा धक्का लाग्यो ।

चीनले हाल अख्तियार गरेको उसको व्यापार नीतिलाई पश्चिमा देशले लागुऔषध कारोबारमा गरेको धोकाधढीसँग पनि जोडेर हेर्न सकिन्छ ।

टिंटसिन सन्धिले दोस्रो अफिम युद्ध समाप्त गर्‍यो, जसमा बेलायत, अमेरिका, फ्रान्स, रसियाले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए । यो सन्धिलाई सन् १८६० मा चीनको तत्कालीन शासकले पहिचान दिएसँगै चीन थप धरासायी बनेको थियो ।

आज चीन आफूलाई एक देशभन्दा पनि सभ्यताका रूपमा हेर्छ । चिनियाँ कम्युनिस्ट पार्टीको दृष्टिकोणमा चीनले आज गरिरहेको शक्ति परिवर्तनको खेल जायज छ । तर, यही परिप्रेक्ष्यमा चीनको दाबी स्वीकार गर्दा हामीलाई चीनबाट आउने दिनमा थप खतरा हुनसक्नेतर्फ ध्यान दिनुपर्छ ।

(नेसनल इन्ट्रेस्टमा २० जुलाई २०२० मा प्रकाशित यो लेख हामीले नेपाली भाषामा भावानुवाद गरेका हौँ)


भर्खर

0