मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ | Khabarhub Khabarhub

मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा मूर्ति चोरीको आरोपमा पक्राउ परेकी छन् ।

लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चोरेको भन्दै जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्दा दर्ता भएको थियाे ।

साेहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट पक्राउ गरी कास्की पठाइएको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ५ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन