काठमाडौँ उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ८ को मृत्यु  | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ८३५ कोरोना संक्रमित, ८ को मृत्यु 


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका स‌क्रमितमध्ये ३५० महिला र पुरुष ४८५ रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन