देशभर २४ घण्टामा १९४८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १९४८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ रहेको थियो ।

काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नयाँ थपिएका स‌क्रमितमध्ये ३५० महिला र पुरुष ४८५ रहेका छन् ।

जसमध्ये काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।

ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थप ३१४० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप २८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १ सय ९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा ७, भोजपुरमा ३, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिरहामा २० जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय १३, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, वागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रोल्पामा ३ र रुपन्देहीमा ४७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बैतडीमा १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयकाे तथ्यांक

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ४८ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।