च्याम्पियन्स लिग फुटबलमा डर्टमण्डको शानदार जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा डर्टमण्डको शानदार जित


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमण्डले यूईएफए च्याम्पियन्स लिग फुटबलमा शानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो ।

खेलको १८औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।

खेलको ६०औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को फराकिलो जित दिलाए । जितसँगै डर्टमण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : १९ बजे

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको