काठमाडौं – चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।
‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाइन म्यूजिकबाट युट्युब रिलिज गरिएको हो ।
गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ । साथै यो गीतमा युवा-युवतीको भेटपछि भएका प्रेम साटासाट गरिएको भाव छ ।
गीतको भिडियोलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । भिडियोमा संयुक्त राज्य अमेरिकाका विभिन्न रमणीय स्थलहरू देख्न सकिन्छ ।
भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । विनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन गरेका छन् ।
प्रतिक्रिया