भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो ।

यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको जनाइएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेसनको रिपोर्टको आधार लिएको हो ।

प्रतिबन्ध लगाएका एपमा अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स, स्न्याक भिडियो, म्याङगो टिभी,वी टिभी लाइट, क्यासियर वालेट एप पनि समावेश रहेका छन् ।

यसअघि पनि भारतले जूनमा ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भने त्यसपछि अर्कोपटक थप ४७ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तै गत सप्टेम्बर महिनामा पुनः पबजीसमेत गरी ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : ४६ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५