बर्दिवासमा बिहान ९ बजेदेखि निषेधाज्ञा जारी | Khabarhub Khabarhub

बर्दिवासमा बिहान ९ बजेदेखि निषेधाज्ञा जारी


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएपछि बर्दिवासमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीयबासी फेरि आन्दोलित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि निषेधाज्ञा जारी गरेको हो । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्याको विरोधका क्रममा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को गएराति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : १० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न