पूरा भएन सिसडोलबासीको माग | Khabarhub Khabarhub

पूरा भएन सिसडोलबासीको माग



काठमाडौँ– काठमाडौँ उपत्यकाकाको फोहोर विसर्जन केन्द्र सिसडोल आसपासका स्थानीयले सरकारसँग राखेका माग हालसम्म पूरा हुन सकेको छैन ।

स्थानीयले पूर्वाधार विकास, स्वास्थ्य सेवा, जग्गा अधिग्रहणजस्ता माग राख्दै आएका थिए । हालसम्म पनि सरकारले ती माग पूरा गर्न नसक्दा स्थानीयले पटकपटक आन्दोलन समेत गर्दै आएका छन् ।

यससगै नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ स्थित बन्चरेडाँडामा स्थानीयले अन्तक्रिया कार्यक्रम गरी आफ्नो माग सुनुवाइ गर्न फेरि खबरदारी गरेका छन् ।

ककनी प्रगतिशिल यूवा क्लव, रोयल युथ क्लव र करुण यूवा क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु र प्रदेस सांसद बद्री मैनालीको प्रमुखको उपस्थित थिए ।

कार्यक्रममा बोल्दै मैनालीले जनताको चाहनाअनुसार काठमाडौँको फोहोर नुवाकोटमा लैजान नहुने बताए । बस्तीबाट नजिक रहेको ठाउँमा यसरी काठमाडौँबाट फोहोर पहिला ल्याउन दिनु नै गल्ती भएको बताएका छन् । उनले सक्दो पहलकदमी गरेर फोहोर व्यवस्थापन गर्न सम्बन्धित पक्ष काठमाडौँ महानगरपालिका र संघिय सरकारलाई दबाब दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै विशिष्ट अतिथि नवराज ढुंगाना विश्वासले फोहोर व्यवस्थापनका लागि स्थानीय क्षेत्रका उपभोक्ताहरुलाई एकीकृत गर्दै जायज माग राखेर आन्दोलन गर्ने बताए ।

यस क्षेत्रमा फोहोरका कारण मान्छेहरु मरिरहेका छन् । नेपाल सरकारसँग अहिलेसम्म फोहोरमैला हेर्ने कुनै निकाय नभएकाले व्यवस्थापन हुने सम्भावना देखिन्न । फोहोरका ट्यांकर र मन्त्रीका गाडीमा ढुंगाले नफोडेसम्म स्थानीय जनताको माग पुरा नहुने बताएका छन् ।

अहिले काठमाडौँ–धादिङ र नुवाकोटको सिमानामा जथाभावी रुपमा खुलला स्थानमा फोहोर थुपार्दै आएको छ ।

इआइएको प्रतिवेदनअनुसार अहिले बञ्चरेडाँडामा ६०–७० करोड खर्च गरिरहेपनि जनताको व्यवस्थापन नगरी फोहोरमैला थुपारे जनताले प्रतिरोध गर्ने बताएका छन् । स्थानीय यूवा समुहरुहरु मिलेर अहिले सिसडोलबासीले २४ सै घण्टा प्रदुषण खानुपर्ने, फोहोरको गन्धमा जीवन बिताउनुपर्ने, फोहोरमैला सडेर बगेको रसले नदि बगेको छ ।

ककनी वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंकाअनुसार काठमाडौँ महानगरपालिकाले जबरजस्ती यस क्षेत्रका वडाहरुसँग सहकार्य नगरी फोहोर फाल्दै आएको छ । यस क्षेत्रमा फोहोर र मान्छे सँगै बस्न नसक्ने भएकाले अब ठूलो क्रान्तिको आवश्यकता छ । सशक्त रूपमा आन्दोलन नगरेसम्म जनताले न्याय नपाउने बताएका छन् । यहाँ प्रहरि दमन गरेर जबरजस्ती फोहोर फाल्ने काम भएको छ । जनतामाथि प्रहरि दमन गरेको अब सहेर नबस्ने वडाअध्यक्षले चेतावनि दिएका छन् ।

फोहोर र मान्छेसँगै बस्ने हो भने काठमाडौँको फोहोर काठमाडौँमै रहनुपर्छ । बल प्रयोग गरेर फोहोर फाले त्यसबाट उत्पन्न हुने समस्याको चुनौती राज्यले बेहोर्नुपर्छ । सहि ढंगले फोहोर व्यवस्थापन गर्ने हो भने जग्गा अधिग्रहण गरेर चारैतिर पर्खाल लगाएर राख्न सकिन्छ ।

जनतालाई अन्यत्र सार्न सक्नुपर्छ । फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र संघीय सरकारले जनताको मागहरु पुरा नगरेसम्म फोहोर फाल्न नदिने बताएका छन् । आक्रोशित भएका वडाअध्यक्ष बजगाईले जनताको माग पुरा गर्न आफु बलिदान दिन पनि तयार हुने बताएका छन् । नेपाली काँग्रेसले फोहोर फाल्ने काम सुरु गरेको हो ।

त्यस्तै ककनी २ का वडा अध्यक्ष केदार पौडेलका अनुसार सरकारलाई अहिलेसम्म फोहोर रमैला कुन मन्त्रालय अन्तगर्त पर्छ भन्ने थाहा नै छैन । त्यसकारण फोहोर व्यवस्थापनका लागि मन्त्रालय नै बनाउन आवश्यक छ । जुन ठाउँमा फोहोर फाल्ने हो त्यस क्षेत्रका जनतासँग दोहोरो सम्झौता हुन आवश्यक छ ।

धुनिवेशी नगरपालिका वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर तामाङ भन्छन्, ‘यस क्षेत्रका जनताका मागहरु नेताहरुको भाषणमा मात्र सिमित रह्यो । हामीलाई नेताहरुले झुक्काउने काम गरेका छन् ।’

ककनी २ का समाजसेवी राममणि घिमिरेकाअनुसार अब काठमाडौँ–भक्तपुर र ललितपुरका १८ नगरपालिका र २ महानगरपालिकाको पछि लागेर हुँदैन । संघीय सरकारका प्रधानमन्त्री तहबाटै स्थानीयसँगको विवादहरुलाई बसेर तत्काल छलफल गर्नुपर्छ ।

काठमाडौँ महानगरपालिका र नेपाल सरकारले सिसडोल क्षेत्रका जनतामा गरेका प्रतिवद्धताहरु :
– ८० शैयाको अस्पताल निर्माण गर्ने ।
– स्वास्थ्य बीमा गर्ने ।
– कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने ।
– सडकमा सडक बत्ती राख्ने ।
– वर्षमा १०० मिटर सडक पक्की कालोपत्रे गर्ने ।
– खानेपानी समस्या हल गर्ने ।

तत्कालिन अवस्थामा नुवाकोटको सिसडोलमा २०६२ जेठ २२ गते बढिमा ३ वर्षका लागि भनेर फोहोर राख्ने निर्णय भएको भएतापनि अल्पकालिन रुपमा अहिले १५ वर्ष ५ महिना भइसकेको छ ।

कार्यक्रममा बोल्दै ककनी २ का वडा सदस्य ठाकुर घिमिरेले विगतमा महानगरपालिकानले यस क्षेत्रलाई वैज्ञानिक तरिकाले विकसित गर्छु भनेर ढाट्ँदै आएको बताएका छन् । काठमाडौँमा फोहोर एक दिन नउठ्दा गन्हाउँछ भने हामी १५ वर्षदेखि फोहोर कुहिएको स्थानमा बसिरहेका छौं । त्यस्तै स्थानीय कुशराज घिमिरे भन्छन् – यहाँ फोहोरमैला माथि राजनीति भएको छ । यस ठाउँमा फोहोरमैला फाल्ने काम मात्र भएको छ । फोहोरमैला व्यवस्थित तरिकाले राख्ने हो भने यस क्षेत्रका बासिन्दालाई अन्यत्र लगेर व्यवस्थापन गर्नुपर्छ ।

स्थानीय युवा दिनेस कार्कीकाअनुसार, काठमाडौँ महानगरपालिका र नेपाल सरकारले यस क्षेत्रका जनतासँग गरेका विगतका मागहरुलाई पुरा नगरेसम्म बन्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका छन् । बरु आफुहरु जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् । फोहोर माथि हामी बस्न सक्दैनौं, मृत्युलाई अगाडी राखेर हामी बस्न सक्दैनौं भन्ने स्थानीय जनताको माग रहेको छ ।

स्थानीय समाजसेवी ज्ञानेन्द्रप्रसाद गजुरेल भन्छन्, ‘सरकारले स्वास्थ्य बीमा गर्ने भनेर अहिलेसम्म कति जनाको बीमा भयो तत्काल जानकारी दिनुपर्छ ।’ काठमाडौँबासी फोहोर ककनीमा फालेर स्वच्छ वातावरणमा बस्नुपर्ने हामी ककनीको ओखरपौवाबासी फोहोर र प्रदुषणमा बसिरहनुपर्ने भनेर आक्रोश व्यक्त गरेका थिए ।

स्थानीय समाजसेवी तथा राजनितिज्ञ श्रीराम ढुंगानाकाअनुसार, हामीले यस क्षेत्रका समस्याहरुबाट मुक्ति पाउनका लागि माग गर्दै आएका छौं । यो १५ वर्षमा नेपालमा धेरै राजनीतिक पार्टीहरु सरकारमा गए तर कसैले पनि हाम्रा मागहरु पुरागर्न लागेनन् । यस ठाउँमा प्रत्यक्ष प्रभावितमा १३ वटा गाउँहरु परेका छन् । त्यसकारण यस ठाउँमा फोहोर फाल्ने हो भने ३ हजार मिटर जग्गा अधिग्रहण गरेर स्थानीयहरुको बसोबास सारेर मात्र सम्भव रहेको छ । प्रदेस सांसद् बद्री मैनालीले काठमाडौँ महानगरपालिकासँग के आधारमा २६ रोपनी जग्गा भए पुग्छ भनेका छन् यसको जवाफ जनतालाई दिनुपर्छ ।

स्थानीय क्लवले अघि सारेका १८ बुँदे मागहरु निम्न छन् :
१. वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने ।
२. मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बीमा हुनुपर्ने ।
३. विकास निर्माणका कार्यहरु तत्काल जनताले भनेबमोजिम शुरुवात गर्नुपर्ने ।
४. जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिहरुको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने ।
५. रोनाष्टको अध्ययन प्रतिवेदनको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने ।
६. विकास निर्माणका नाममा विगत १६ वर्षदेखि विनियोजित रमकको हिसावकिताव सार्वजनिक गरिनुपर्ने ।
७. स्थानीय वासिन्दाहरुले मनन् गर्न योग्यढंगले विकास कार्यहरु सञ्चालन गर्नुपर्ने ।
८. ८० शैयाको हस्पिटल तत्काल निर्माण गर्नुपर्ने ।
९. यातायात, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशु बीमा, बाली बीमाको ब्यवस्थाको तत्कालै गर्नुपर्ने ।
१०. बातावरणलाई पहिलेझैं प्राकृतिक ढंगमा कायम गर्नुपर्ने ।
११. फोहोरको प्रभावबाट मानिस, पशुपन्छी, बोटबिरुवाहरु सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने ।
१२. हस्पिटलजन्य फोहोरबाट समाजमा पर्ने प्रभावमा सरकारी लापर्वाही अन्त्य गर्नुपर्ने ।
१३. फोहोरबाट निस्कने लिचड पद्धार्थको व्यवस्थापन बारेजनतालाई असर नहुनेगरी व्यवस्ीथापन गरिनुपर्ने
१४) नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापन क्षेत्रका बासिन्दाहरुलाई प्राथमिकताका साथ तत्कालै रोजगारीको व्यवस्था हुनुपर्ने ।
१५. फोहरमैला बोक्ने सवारी साधनबाट हुने मानव दुर्घटनामा पीडितको परिवारसँगको सहमतिमा त्यस परिवारलाई संरक्षित कार्यक्रम गर्नुपर्ने ।
१६. राजनीतिक दलहरुलाई सल्लाहकारको रुपमा लिने र जनताको आवश्यकता अनुसार क्लवको सिफारिसमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
१७. मानव बसोबासरहित रहित फोहरमैला व्यवस्थापन गर्नुपर्ने । त्यसैको आधारमा जग्गा अधिग्रहण गर्नुपर्ने ।
१८. फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विष्फोट नहुने ग्यारेन्टी हुनुपर्ने ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ३६ बजे

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता