कोरोना कहर : विश्वमा एकैदिन ११ हजार ६५२ को मृत्यु | Khabarhub Khabarhub

कोरोना कहर : विश्वमा एकैदिन ११ हजार ६५२ को मृत्यु


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा एकैदिन ११ हजार ६५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ ।

संक्रमित १ करोड ७१ लाख ५४ हजार ३५७ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ३ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ४ करोड १५ लाख ११ हजार ८२४ जनाले कोरोनालाई जितेका छन् ।

कोरोना संक्रमण सबैभन्दा बढी रहेको अमेरिकामा संक्रमित संख्या १ करोड २९ लाख ५१ हजार ७२९ पुगेको छ । अहिलेसम्म अमेरिकामा २ लाख ६५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भारतमा संक्रमित संख्या ९२ लाख २१ हजार ९९८ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३४ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित देशको सूचीमा नेपाल अहिले ३७ औं स्थानमा छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ७ : ५९ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको