'फास्ट ट्रयाक'को काम समयमै सकिन्छ– सेना | Khabarhub Khabarhub

‘फास्ट ट्रयाक’को काम समयमै सकिन्छ– सेना


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ ।

एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौँ, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ५७ बजे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन