खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनालाई कोरोना | Khabarhub Khabarhub

खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनालाई कोरोना


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङका प्रमुख जिल्ला अधिकारीसहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयालाई कोरोना संक्रमण भएको हो ।

आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक प्रविण झाले बताए ।

उनीहरु तीनै जनामा रुघाखोकीको लक्षण देखिए पछि कोरोना परीक्षण गरिएको थियो । शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जिल्ला समन्वय प्रमुख चाम्लिङले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ४३ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध