कमल थापा अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

कमल थापा अस्पतालबाट डिस्चार्ज


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा चाबहिलस्थित ओम अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

गत असोज ३० गते स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई टाउको दुख्‍ने,ज्वरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि ओम अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्‍न चिकित्सक,नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

थापाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्किलगायतको टोली संलग्‍न थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६