यो वर्ष त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने दहीजात्रा नहुने | Khabarhub Khabarhub

यो वर्ष त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने दहीजात्रा नहुने


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैँको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ ।

एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष रु चार लाखको दही खरीद गरेको थियो । दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ ।

त्यसैगरी हेलम्बु गाउँपालिका, पाल्चोकस्थित पाल्चोकी भगवती अर्थात् जयवागेश्वरी मन्दिर पनि दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको पालिकाले जनाएको छ ।

नेपाल–चीन सिमानामा पर्ने भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर नित्यपूजा र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सोही वडाबासीका लागि मात्र खुला गर्ने निर्णय भए पनि टाढाटाढादेखि बस रिजर्भ गरी भक्तजनको घुइँचो लाग्न थालेपछि सुरक्षा तथा भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बाह्रबीसेलाई आग्रह गरिएको वडाध्यक्ष मुके शेर्पाले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ५ : १५ बजे

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा