आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै | Khabarhub Khabarhub

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । बैंगलोर १० खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बैंगलोर प्ले अफ नजिक रहेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई यसपटक खराब अवस्थाबाट गुज्रिरहेको छ । प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको चेन्नई पुछारमा छ ।

चेन्नईले ११ खेलमा ६ अंक जोडेको छ । बैंगलोरसँग पराजित भएमा चेन्नईको आईपीएल यात्रा सकिने छ ।

यस्तै चेन्नई अघिल्लो भेटमा व्यहोरेको हारको बदलासमेत लिन चाहन्छ । यसअघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : ३७ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर