सुत्केरी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु | Khabarhub Khabarhub

सुत्केरी बोकेको गाडी दुर्घटना हुँदा मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – अस्पतालमा सुत्केरी भएपछि घर फर्किरहेका चढेको सवारीसाधन पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ फिसटारमा ट्याक्सी सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खनियाबास गाउँपालिका–४ का ५० वर्षीया विष्णुमाया तामाङ छन् । सुत्केरी लिएर काठमाडौँदेखि धादिङबेँसीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेँसी सडकखण्डको पहिरामा खोलामा खसेको थियो । दुर्घटनामा अन्य चार घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीय सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ६० वर्षीय वीरबहादुर तामाङ छन् । घाइतेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०