पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर | Khabarhub Khabarhub

पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले र वडा नं ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा छन् ।

विगत तीन दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए ।

उनकाअनुसार कालीगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका २३ र जलथलेका तीन घर उच्च जोखिममा रहेका छन् ।

“जलथलेका तीन घरलाई सुरक्षित स्थानमा सारिएको छ भने कोप्चेपानी बस्तीमा खानेपानीको समस्या भएकाले चार सय मिटर पाइपको व्यवस्था गरिएको छ । अति उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ”, अध्यक्ष पुनले भने, “भिरालो तथा कमजोर भूगोलका कारण पहिरो गएको हुन सक्छ ।”

कोप्चेपानीका बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरणका लागि वडा नं ४ कोे भलाममा जग्गा खोजीको तयारी थालेको पनि उनले बताए ।

यसैगरी रुप्से झरनामा आएको बाढीका कारण सडकमा क्षति हुँदा बेनी –जोमसोम सिधा यातायात विगत दुई महिनादेखि अवरुद्ध छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ३२ बजे

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना