ब्याडमिन्टनको अभ्यास पुनः सुरु हुँदै | Khabarhub Khabarhub

ब्याडमिन्टनको अभ्यास पुनः सुरु हुँदै


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय ब्याडमिन्टन खेलको अभ्यास आइतबारबाट पुनः सुचारु हुने भएको छ । साउन महिनामा सरकारले उपत्यकामा निषेधाज्ञा लगाएपछि रोकिएको अभ्यास राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयमा सुचारु हुन लागेको हो ।

ब्याडमिन्टन संघले खेलाडीहरुलाई आइतबारबाट अभ्यास सूरु हुने भन्दै पत्राचार गरिसकेको छ ।

ब्याडमिन्टनका युवा स्टार पिन्स दाहालले संघबा६ अभ्यास सुरु हुने जानकारी आएको बताए । उनले अभ्यास आइतबारदेखि हुने जानकारी दिए।

असारमा नियमित अभ्यास गरेको ब्याडमिन्टनको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि अभ्यास सुरु हुन लागेको हो ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सरकारले यस विषयमा निर्णय नलिँदा राखेपले सुरक्षा मापदण्डसहित अभ्यासमा फर्कन आन्तरिक सर्कुलेसन गरेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : ०७ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम