बाढीपहिरोबाट ३ दिनमा १७ जनाले ज्यान गुमाए, १५ बढी बेपत्ता | Khabarhub Khabarhub

बाढीपहिरोबाट ३ दिनमा १७ जनाले ज्यान गुमाए, १५ बढी बेपत्ता


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिनयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेको छ ।

पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ । यसैबीच निरन्तर वर्षाका कारण ३ दिनमा १७ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असोज ६, ७ र ८ गते आएको प्राकृतिक विपत्तिका कारण १७ जनाले ज्यान गुमाएका हुन् ।

प्राकृतिक विपत्तिका कारण यी तीन दिनमा कम्तीमा १५ जना बेपत्ता भएको केन्द्रको तंथ्याङमा उल्लेख छ ।

बिहीबार मात्र बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी क्षति पहिरोका कारण भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : २० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा