डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु | Khabarhub Khabarhub

डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटिटीएच सेवा जडान गरेका छन् ।

प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ ।

यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ ।

यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटिटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार एफटिटीएच सेवाअन्तर्गत न्यूनतम एक वर्षका लागि आड एमबीपीएसको प्याकमा जम्मा रु आठ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा रु १२ हजार लाग्ने भएको छ । हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपीइ) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन् ।

एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्‍याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए ।

“यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पुर्‍याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ,” उनले भने ।

पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए ।

हाल जिल्लामा जडान गरिएका दुईवटा एफडिसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।

यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ ।

डोटीमा यो सेवा विस्तार भएपछि छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्टले जानकारी दिए । ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टिभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको सङ्ख्या बढेको बताइएको छ ।

उच्च गतिबाट इन्टरनेट चलिरहेकाले यो सेवा लिएका ग्राहक पनि खुशी भएको भए पनि भनेको जति द्रुतगतिको नभएको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए ।

उनले भने, “टेलिकमले भनेको जति नेट द्रुतगतिमा छैन, तर पनि पहिलेको एडिएसएल सेवाभन्दा राम्रो छ ।” उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले यो तीव्रगतिको नेट सेवा हो, कहिलेकाहीँ हाम्रो सरवर ह्याङ भएको समयमा नेटको गति कम भएको हुनसक्ने भएकाले ग्राहकले आफ्नो राउटर रिसेर्ट गरेर वा पावर बटन अन अफ गरेर पनि द्रुत सेवा लिन सकिने जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : ४० बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको