अमेरिकामा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा शनिबारदेखि सोमबारसम्म संक्रमितको संख्यामा केही कमी देखिए पनि मंगलबार फेरि संक्रमित बढेका छन् ।

शनिबार ४८ हजार ५१७ जनामा संक्रमण देखिएकोमा आइतबार ४३ हजार ६१२ जना र सोमबार ३२ हजार ७१८ जनामा संक्रमण देखिएकोमा मंगलबार ४० हजार ५६५ जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै ८ हजारले बढी हो ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५९ लाख १४ हजार ७११ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३२ लाख १६ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख १७ हजार ५४९ जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८१ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८१ हजार नाघेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६