लागुऔषध अफिमसहित चार पक्राउ | Khabarhub Khabarhub

लागुऔषध अफिमसहित चार पक्राउ


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

गाँजा, चरेस हाम्रै पहाडी जिल्लामा उत्पादन हुने भएकाले कारोवारीले दाङलाई कारोवारको केन्द्र बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ३७ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा