नेकपा विभाजन हुँदैन : प्रमुख सचेतक गुरुङ | Khabarhub Khabarhub

नेकपा विभाजन हुँदैन : प्रमुख सचेतक गुरुङ


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता औँल्याएका छन् ।

आज काठमाडौंमा भएको साक्षात्कारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको बताए ।

उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टी नफुट्ने दाबी गरे ।

उनले भने, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले कोरोनाले भन्दा बढी मानिसले बाढीपहिरो र डुबानजस्ता विपत्ति भोग्दापनि सरकारले समयमै उद्धार र राहत व्यवस्था गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ०४ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर