बाढी-पहिरो : वैशाखयता १८१ को मृत्यु, आज कहाँ के भयो ? | Khabarhub Khabarhub

बाढी-पहिरो : वैशाखयता १८१ को मृत्यु, आज कहाँ के भयो ?


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।

प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपदमा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् ।

विपदमा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिरोले क्षति गरेको छ । पहिरोका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

वैशाखयता पहिरोबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन् ।

मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिरोले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ ।

सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिरोले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका पोखरेलले जानकारी दिए । बेपत्ताको अहिले पनि खोजी जारी छ ।

उक्त अवधिमा पहिरामा परेर ११३ जना घाइते भएका छन् । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् ।

पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिरोले क्षति भएको पोखरेलले बताए । उनका अनुसार यसपालि बाढी पहिरोले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।

मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते नौजनाको बाढीपहिरा परेर मृत्यु भयो । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो ।

गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो ।

सरकारले विपद्को परेका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । यस्तै विपदमा मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख दिने र एकै परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप रु एक लाखका दरले दिने निर्णय गरिसकेको छ ।

राहत तथा आवास व्यवस्थापनलाई अहिले सरकारले तीव्र रुपमा अघि बढाएको गृहमन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कहाँ के भयो ?

ती घटनामा परेर एकको मृत्यु, दुई बेपत्ता र तीनजना घाइते भएका छन् । प्राप्त विवरणअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ मा रहेको एक कच्ची घर वर्षाका कारण भत्किन गई त्यसमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–५ दुईपीपल माझगाउँमा पहिराले पाँच घर पुरिँदा केही पशुचौपाया पुरिएका प्राधिकरणले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–३ बडाली गाउँमा घरबाट बजार आउने क्रममा पहिरामा परेका दुई बालबालिकामध्ये एकजना घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजना हराइरहेका छन् ।

यस्तै गोरखाको तिसेङखोलामा पानीको बहाव एक्कासि बढ्न गई एक जनालाई बगाएर बेपत्ता बनाएको जनाइएको छ । उदयपुर, महोत्तरी, बर्दिया, पाल्पा, रोल्पा, नवलपरासी, रौतहट, हुम्ला र कञ्चनपुरमा पनि विपद्का घटना भएको जनाइएको छ ।

ठाउँठाउँमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध रहेकाले कतिपय सञ्चालनमा आएको र कतिपय सञ्चालनका क्रममा रहेको जनाइएको छ ।

यस्तो छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : ५२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा