भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सुझाव दिएका छन्।

आफूसँग दैनिक सम्पर्कमा रहेकालाई भने क्वारेन्टाइनमा जान आग्रह गरेका छन्।

‘मेरा प्यारा प्रदेशवासीहरू मलाई कोभिड–१९ को लक्षणहरू देखिएको थियो। परीक्षणपछि मेरो रिपोर्ट पोजेटिभ देखिएको छ।मेरा सबै मित्रहरूमा अपिल गर्दछु कि जुन साथीहरू मेरो सम्पर्कमा आउनुभएको थियो,’ सामाजिक ट्वीटरमा उनले भनेका छन्,’ उहाँहरूले पनि आफ्नो कोरोना टेस्ट गर्नुहोस्। मेरा निकटमा सम्पर्कमा रहेका मानिसहरू तत्काल क्वारेन्टाइनमा जानुहोस्। डाक्टरले अस्पतालमा भर्ना हुन सल्लाह दिएका छन्। कोभिड अस्पताल चिरायु अस्पतालमा भर्ना हुन जाँदैछु।’

कोरोनालाई बेवास्ता नगर्न पनि उनले आग्रह गरेका छन्। हामी सबैले डाक्टरको सल्लाह मान्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ३ : ४२ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय