कस–कसको हुँदैछ कोरोनाको परीक्षण ? | Khabarhub Khabarhub

कस–कसको हुँदैछ कोरोनाको परीक्षण ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्ममा १ लाख ९३ हजार १९४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

तीमध्ये हालसम्म १० हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले हरेक २४ घण्टामा सार्वजनिक गर्ने तथ्यांकमा बुधबार मात्र ६ हजार ८२८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यस्तै र्‍यापिड डाइग्नोस्टिक टेष्ट किट (आरडीटी) विधिबाट हालसम्म २ लाख ८३ हजार ६९६ जनाको कोरोनाको एन्टिबडी परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते कोरोना परीक्षणको नयाँ निर्देशिका बनाएको छ ।

यो निर्देशिका अनुसार कोरोनाको उच्च जोखिममा रहेका देशबाट स्वदेश फर्किएका नेपाली, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु, कोरोनाको उपचारमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरु, फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी तथा फोहोर व्यवस्थापनमा खटिने कर्मचारी, कोरोना संक्रमण आशंका गरिएका र तत्काल औषधि उपचार वा शल्यक्रिया गर्नुपर्ने बिरामी, कोरोनाको उच्च जोखिम क्षेत्रबाट आएका र स्वास्थ्य अवस्था गम्भिर भएका बिरामीलाई कोरोना परीक्षण गरिने निर्देशिकामा उल्लेख छ ।

यस्तै कोरोना संक्रमण धेरै भेटिएको क्षेत्रमा समुदाय स्तर र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुमा परीक्षण गरिने निर्देशिकामा उल्लेख छ ।

यस्तै आफैले स्वतः कोरोना परीक्षण गर्न चाहेमा वा लक्षण नदेखिएको, कोरोना संक्रमितको सम्पर्कमा नआएको र ट्राभल हिस्ट्री समेत नभएका व्यक्तिहरुको कोरोना परीक्षण नहुने निर्देशिकामा उल्लेख गरिएको छ ।

निर्देशिकाले होल्डिङ सेन्टर तथा क्वारेन्टाइमा रहेका व्यक्तिहरुमा भने कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गर्ने जनाइएको छ ।

यस्तै कोरोनाको लक्षण नदेखिएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई भने पीसीआर विधिबाट कोरोना परीक्षण गर्न आवश्यक नभएको निर्देशिकामा उल्लेख छ ।

हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिन पछिआरडीटी परीक्षण गरिने व्यवस्था गरिएको छ ।

यस्तै पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नभएका व्यक्तिहरुलाई १४ दिनपछि पुन परीक्षण गर्न आवश्यक नभएको पनि निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै लक्षण भएका कोरोना संक्रमतिलाई समेत १४ दिन आइसोलेसन वा क्वारेन्टाइनमा राखेपछि लक्षण मुक्त भएको ३ दिनपछि पुनः कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

को छन् परीक्षणको प्राथमिकतामा ?

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण नगरिने उल्लेख छ । यस्तै कोरोना संक्रमित व्यक्तिहरुको पनि पुनः परीक्षण भएको छैन । मन्त्रालयले दैनिक ६ हजारदेखि ७ हजारसम्मको कोरोना परीक्षण पीसीआर विधिबाट भइरहेको तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

पीसीआर परीक्षण गरिएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम पनि कम भएको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आगामी असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने घोषणासमेत गरेका छन् ।

क्वारेन्टाइनमा रहेका तर लक्षण नदेखिएका व्यक्तिहरुको कोरोना परीक्षण नगर्ने निर्देशिका बनाएको स्वास्थ्य मन्त्रालयले कस्तो व्यक्तिको कोरोना परीक्षण गरिरहेको छ ? यो आम सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतलगायत विदेशबाट नेपाल फर्किएका व्यक्तिहरुको कोरोना परीक्षण भइरहेको दावी गरेका छन् ।

कोरोना संक्रमितसँग सम्पर्कमा आएका र फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण भइरहेको डा गौतमले खबरहबलाई बताए ।

‘अहिले भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिहरु, जसको लक्षण छ, जो कोरोना पोजेटिभ भएकाहरुको कन्ट्याक्टमा आएका छन् । उनीहरुको कोरोना परीक्षण भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौलमले बताए।

उनकाअनुसार यसअघि क्वारेन्टाइनमै रहेका व्यक्तिहरुको भने १४ दिनपछि आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको छ । उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छैन ।

भारतबाट दैनिक झण्डै ३ हजारको हाराहारीमा अहिले पनि नेपालीहरु आइरहेको बताउँदै डा गौतमले उनीहरुको कोरोना परीक्षण गरिँदै आएको बताए ।

डा गौतमका अनुसार केही क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर परीक्षण नै भइरहेको छ भने केहि ठाउँमा आरडीटी मात्र गरेर घर पठाउने गरिएको छ ।

‘अहिले कतिपय ठाउँमा पीसीआर परीक्षण नगरी घर जान मानिरहेका छैनन् । तर हाम्रो निर्देशिका अनुसार २ हप्तापछि त सर्दैन । त्यसैले परीक्षण गर्न आवश्यक छैन,’ मन्त्रालयका प्रवक्ता डा गौतमले भने, ‘तर पनि कति ठाउँमा मानिसहरु घर जानै नमानेपछि पीरीआर परीक्षण भइरहेको छ । कतिपय ठाउँमा आरडीटी परीक्षण गरेर घर पठाउने काम भइरहेको छ ।’

डा गौतमले स्वास्थ्यमन्त्रीको घोषणा अनुसार आगामी असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गर्दा विदेशबाट स्वदेश फर्किने, फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइका कर्मचारीहरको कोरोना परीक्षण गरिने बताए ।

डिस्चार्ज हुने र क्वारेन्टाइनबाट घर जानेको संख्या बढ्यो

निर्देशिका लागू हुनुअघि अर्थात जेठ २० गतेसम्म नेपालमा २ हजार ९९ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २६६ जनामात्र कोरोनालाई जितेर घर फर्किएका थिए ।

यस्तै क्वारेन्टाइनमा १ लाख ४५ हजार ३७५ जनाव्यक्ति देशभरका क्वारेन्टाइन र १ हजार ८२५ जनाआइसोलेसनमा थिए ।

निर्देशिका लागू भएको करिव २२ दिनमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । २ हजार ३३८ जना कोरोना जितेर घर फर्किएका छन् ।

यस्तै अहिलेसम्म ७८ हजार ६ सय ३९ जना देशभरका क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै ८ हजार ३६६ जना आइसोलेसनमा छन् ।

यो तथ्यांकलाई हेर्दा कोरोना संक्रमितको पुनः परीक्षण नगरी डिस्चार्ज गर्ने क्रम सुरु भएपछि डिस्चार्ज हुनेको संख्या पनि बढेको देखिन्छ ।

निर्देशिका लागू हुनुअघि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि पीसीआर परीक्षण गरी रिपोर्टको आधारमा मात्र घर जान दिइने गरेको थियो ।

तर हाल क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर परीक्षण नगरी घर पठाउन थालेपछि क्वारेन्टाइनमा रहेकाहरुको संख्या कम हुदै गएको देखिन्छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ३ : १३ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र