दाङका क्वारेन्टिनमा बस्नेहरू आक्रोशित | Khabarhub Khabarhub

दाङका क्वारेन्टिनमा बस्नेहरू आक्रोशित

क्वारेन्टिनमै थप जोखिम बढ्ने चिन्ता



दाङ – कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट समयमा नआएपछि घोराहीका क्वारेन्टिनमा बसेकाहरू आक्रोशित बनेका छन् ।

स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी भइसक्दा पनि रिपोर्ट नआएको भन्दै ६० जनाभन्दा बढीले विरोध जनाएका हुन् ।

उनीहरूले क्वारेन्टिनबाट बाहिरिएर नारावाजी समेत गरेका छन् । नारावाजी गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकालाई केही दिनमै नतिजा आउने भन्दै फर्काइएको थियो ।

दाङका १० स्थानीय तहमा ३ हजार ८४५ जना क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिन बस्नेमा धेरै भारतबाट आएकाहरू छन् ।

कतिपयले कोरोना परीक्षणका लागि स्वाबसमेत नलिएको बताएका छन् । माध्यमिक विद्यालय सेन्टर तुल्सीपुरको क्वारेन्टिनमा बसेका कृष्णबहादुर कठायतले १२ दिन बितिसक्दा पनि परीक्षणका लागि स्वाब संकलन नगरिएको बताए ।

‘भारतबाट आएको १२ दिन भइसक्यो, यहाँ परीक्षण नै हुँदैन,’ उनले गुनासो गरे ।

उक्त क्वारेन्टिनमा ७१ जनालाई राखिएको छ । तीमध्ये धेरैजसो भारतबाट आएकाहरू छन् । समयमा कोरोना परीक्षण नहुँदा थप जोखिम बढेको क्वारेन्टिनमा बसेकाले गुनासो गरेका छन् ।

यता तुल्सीपुर–१८ मा रहेको जनता संस्कृत माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बसेकाहरूले पनि समयमा परीक्षणको रिपोर्ट नआएको बताएका छन् । ‘भारतबाट आएर यहाँ बसेको एक महिना भयो, स्वाब संकलन गरी परीक्षणका लागि पठाएको दुई हप्ता हुँदा पनि अझै रिपोर्ट आएको छैन,’ क्वारेन्टिनमा रहेका मोतिलाल खड्काले भने, ‘यदि समयमा रिपोर्ट आएन भने हामी क्वारेन्टिनबाट बाहिरिन्छौं ।’

क्वारेन्टिनमै रहेका बसन्तकुमार बस्नेतले पनि एक महिना बितिसक्दा पनि रिपोर्ट नआएको बताए । उनले क्वारेन्टिनमा बसिराख्दा झनै समस्या भएको तर्क गरे । ‘अब खेतीपाती गर्ने बेला भयो, हामीहरू यहाँ आएर बसेको पनि महिनौं भयो, खेतीपाती नगरे हामीले के खाने ?,’ बस्नेतले भने ।

उनले अब छिटो रिपोर्ट नआए आफूहरूले क्वारेन्टिन छाड्ने चेतावनी समेत दिए ।

समयमा कोरोना परीक्षण गर्न नसक्दा क्वारेन्टिन व्यवस्थापनमा समेत समस्या भएको छ । तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले कोरोना परीक्षणमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेकालाई समस्या परेको बताए । उनले भने, ‘अब त धेरै भयो, परीक्षण नगर्ने भए बाहिर जान्छौं भन्न थालिसके ।’

घोराही–१८ मा रहेको श्री माध्यमिक विद्यालय, रझेनामा रहेका हितकुमार क्षेत्रीले पनि क्वारेन्टिनमा केही सुविधा नभएको गुनासो गरे । उनले आफू २७ दिनदेखि क्वारेन्टिनमा बस्नुपरेको र घरबाट खाना मगाएर खाएको बताए । उनका अनुसार स्वाब संकलन गरेको एक महिना बितिसक्दा पनि परीक्षणको नतिजा आएको छैन ।

यता घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको र भारतबाट एकैपटक धेरै व्यक्ति फर्किँदा कोरोना परीक्षणमा ढिलाइ भएको बताए । ‘एकैपटक भारतबाट धेरैजना आउँदा समस्या भयो, कोरोना परीक्षण गर्न एउटा मात्र पीसीआर मेसिन हुँदा समय लागेको हो,’ उनले भने ।

प्रतिष्ठानमा प्रदेश ५ र कर्णाली प्रदेशबाटसमेत स्वाब आउने भएकाले परीक्षणको नतिजामा ढिलाइ भएको हो । केही दिनअघि अर्को एउटा मेसिन समेत लिइएको भए पनि उपकरण जडान नहुँदा प्रयोगमा आएको छैन ।

प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रसाद देवले एउटा मेसिनमा दैनिक ४ देखि ५ सयसम्म स्वाब परीक्षण गरिएको बताए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १२ : २६ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्