किसका दृश्यले चर्चा कमाएका बलिउडका ९ फिल्म | Khabarhub Khabarhub

किसका दृश्यले चर्चा कमाएका बलिउडका ९ फिल्म


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणको महामारीबाट हरेक फिल्म क्षेत्र प्रभावित बनेको छ।

भारतीय फिल्म उद्योग बलिउडमा समेत यसको प्रभाव परेको छ । तर अब बलिउडमा भारत सरकारले तय गरेको केहि गाइडलाइनलाई पालना गरेर फिल्म सुटिङ गर्न पाइने भएको छ ।

भारत सरकारले फिल्म सुटिङका क्रममा हरेक कलाकर्मीबीच सामाजिक दुरी हुनुपर्ने बताएको छ । यस्तोमा बलिउडका अधिकाशं फिल्ममा हुने किसिङ सिन्स सायद तत्काल हुने छैन । तर आज हामी चर्चा गर्दैछौ, बलिउडमा भाइरल बनेको किसिङ सीन्सका बारेमा ।

१. ये जवानी है दीवानी

रणबीर कपूर र दीपिका पादुकोणले ये जवानी है दीवानीमा अभिनय गर्दा दुबै जना रियल लाइफको प्रेमबाट अलग भइसकेका थिए । तर दुबैले फिल्ममा किसिङ सिनदिनु परेको थियो । सन् २०१३ माआएको यस फिल्मको यो सिननिकै भाइरल भएको थियो ।

२. जीन्दगी ना मिलेगी दोबारा
जीन्दगी ना मिलेगी दोबारा फिल्ममा कटरीना कैफ र ऋतिक रोशनको किसिङ सिन्स निकै भाइरल भएको थियो । सन् २०११ म रिलिज भएको यो फिल्म जोया अख्तरले निर्माण गरेका थिए ।

३. आशीक बनाया आपने
सन् २००५ मा रिलिज भएको फिल्म आशीक बनाया आपनेको गीत निकै चर्चामा थियो । फिल्ममा अभिनेता इमरान हाश्मी र अभिनेत्री तनुश्री दत्तको बोल्ड सीन्स र लिपलक किस निकै भाइरल बनेको थियो ।

४. दयावान
सन् १९८८ मा रिलिज भएको फिल्म दयावानमा विनोद खन्ना र माधुरी दीक्षितको किसिङ सीन आज सम्म पनि पुराना दर्शकलाई याद हुनसक्छ । यो सिन फिल्मको सुपरहिट गित ’आजफिर तुमपे प्यार आया है’ बोलको गीतमा छायांकन गरिएको थियो ।

५. राजाहिन्दुस्तानी
आमिर खान र करिश्माकपूर स्टारर फिल्म राजा हिन्दुस्तानी बलिउड बक्स अफिसमा सुपरडुपर हिटमा समावेश छ । सन् १९९६ मा रिलिज भएको यस फिल्मको एक गीतमा भएको दुबैको किसिङ सिन्स त्यस बेला निकै चर्चामा थियो ।

६. मर्डर
बलिउडका किसिङ हिरो उपमाबाट परिचित इमरान हाश्मी अभिनित फिल्म मर्डरको किसिङ सीन्स पनि निकै चर्चामा थियो । महेश भट्टको यस फिल्ममा इमरान र मल्लिका शेरावतबीचको इन्टिमेट लव सिन्स आजसम्म पनि चर्चामा छ । मर्डर सन् २००४ मा रिलिज भएको थियो ।

७. गोलियों की रासलीलाः रामलीला
संजय लीला भन्साली निर्देशसित फिल्म गोलियोकी रासलीलाः रामलीलामा रणवीर सिंह र दीपिका पादुकोणबीचको किसिङ सिन्स आजसम्म पनि चर्चामा छ । यी दुबै अहिले पतिपत्नी छन् । सन् २०१३ मा रिलिज भएको रामलिला सुपरहिट साबित भएको थियो ।

८. बेफिक्रे
रणवीर सिंह र वाणी कपूर स्टारर फिल्म बेफिक्रेमा दुबै कलाकारबीचको लिपलक किसिङ सिननिकै भाइरल बनेको थियो ।

हुनत फिल्मले खासै राम्रो आम्दानी र प्रसंसा बटुल्न सकेन । तर फिल्मको किसिङ सिन चर्चामा थियो । फिल्म सन् २०१६ मा रिलिज भएको थियो ।

९. जब वी मेट
बलिउडमा राम्रो आम्दानी गरेको फिल्म हो जब वी मेट । यस फिल्मको शाहीद कपूर र करिना कपूरबीचको किसिङ सिन निकै चर्चामा थियो । यो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०