लाखौं लुटेको आरोपमा घुमुवा प्रहरीसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

लाखौं लुटेको आरोपमा घुमुवा प्रहरीसहित दुई जना पक्राउ


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लाखौं रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा दुई जना प्रहरीलाई नै पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले प्रहरी हवल्दार धिरेन विष्ट र प्रहरी जवान विक्रमकुमार चन्दलाई काठमाडौंको न्यूरोडबाट १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार विष्ट महानगरीय प्रहरी परिसर, काठमाडौंको घुमुवा टोलीमा कार्यरत थिए भने चन्द प्रहरीको २ नम्बर गणमा कार्यरत थिए ।

प्रहरीले दुई जनालाई नै न्यूरोडका व्यवसायी विकास अग्रवालको जाहेरीका आधारमा पक्राउ गरेको हो । एसएसपी थापाका अनुसार, जाहेरीका आधारमा प्रहरीले क्लोज सर्किट (सीसी) क्यामेरा फुजेट मगाएर अनुसन्धान गरेको थियो । त्यस क्रममा दुई जना प्रहरीले रकम लगेको भेटिएको थियो ।

काठमाडौं प्रहरीले यसबारेमा थप अनुसन्धान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : १९ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित