मालोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

मालोर्कालाई हराउँदै रियल शीर्ष स्थानमा उक्लियो


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ । सोमवार राति भएको खेलमा म्याड्रिडले मालोर्कालाई २–० ले हराएको थियो ।

रियललाई जिताउन भिनिसियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरेका थिए । यो जीतसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले ६८ अंक जोडेको छ । बार्सिलोनासँग पनि ६८ अंक नै छ । रियल म्याड्रिड ‘हेड टु हेड’ का आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

मालोर्काले भने जम्मा २६ अंक बनाएको छ । मालोर्का तालिकाको अन्तिम तेस्रोमा सीमित छ ।

सोमवार राति घरेलु मैदानमा भएको खेलमा १९ मिनेटमा भिनिसियसले गरेको गोलमार्फत रियलले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा रामोसले गरेको गोलले रियल जीतको नजिक पुगेको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ७ : ०१ बजे

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त