ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग | Khabarhub Khabarhub

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

दुई महिना लामो बन्दाबन्दीमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा अन्य व्यवसायसरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ ।

एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानका अनुसार बन्दाबन्दीका कारण पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको र कर्मचारीलाई तलब भुक्तानीमा समस्या भएकाले कारोबार बन्द भएका अवधिमा कर्मचारीको तलव निगमका तर्फबाट भुक्तानी गर्ने लगायत सातबुँदे माग राखिएको छ ।

एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँच देखि १० जना कर्मचारीले काम गर्दै आएका एशोसिएशनको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : १४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६