बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एकजना प्रहरी निरीक्षकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं घर भइ जिप्रका बारामा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले यसअघिकै कन्ट्याक्ट ट्रेसिङमा प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा ५० जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

ती व्यक्तिकै कन्ट्याक्ट ट्रेसिङमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाराका ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। हिजो मात्रै चार जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर थप प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा २८ वर्षीया प्रहरी निरिक्षकमा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढौं

बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

 

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका