विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका आफ्ना देशबासीहरुलरूई सरकारले समयमै उद्धार गर्ने बताएका छन् । उनले यसका लागि विस्तृत योजनासहितको आदेश तत्काल सार्वजनिक गर्ने पनि बताएका छन् ।

उनले सरकारले आफ्ना नागरिकलाई स्वदेश फर्काउने कुरामा निश्चिन्त हुन पनि आग्रह गरेका छन् ।

सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ ।’

प्रधानमन्त्रीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुरूलाई सरकारले समयमै उद्धार गर्ने बताए । उनले भने,

‘समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम (स्वदेश फर्काउने) छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ । यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

प्रधानमन्त्रीले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग आफूले गम्भीर संवाद गरेको बताएमा छन् । उनले नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न आफूले गरेको आग्रहमा उनीहरूले निश्चिन्त रहन आश्वस्त पारेको पनि बताएका छन्

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्नेमा त्यसो नभई भारतबाट ठूलो संख्यामा देशबासीहरू स्वदेश फर्केको प्रधानमन्त्रीले बताए । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा योगदान पुगेको उनको भनाइ छ ।

उनले भने, ‘छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनुभएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’
प्रधानमन्त्रीले स्वदेश भित्रिएकाहरुको छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरूको पालना गर्न जरुरी रहेको बताएका छन् । यस काममा आवश्यक सहयोग पु¥याउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको प्रधानमन्त्रीको भनाइ छ

प्रधानमन्त्रीले कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरूको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन सबै देशबासीलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन ।’

घर फर्किएका सबैलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरू पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले क्वारेण्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिर्ने बताएका छन् । उनले बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरूलाई समेत आवश्यकताअनुसार क्वारेन्टिनको रूपमा प्रयोग गर्ने योजना बनाएको बताए ।

केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टिनमा राखिएकाहरूको खानपान तथा हेरचाह व्यवस्थित गर्ने पनि प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : ५२ बजे

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न