नेपालमा ११२ जनाले जिते कोरोना संक्रमणविरुद्धको 'लडाइँ' | Khabarhub Khabarhub

नेपालमा ११२ जनाले जिते कोरोना संक्रमणविरुद्धको ‘लडाइँ’


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ११२ पुगेको छ ।

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ३३ जना, बाग्मती प्रदेश ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३५ जना, कर्णाली प्रदेशमा ५ जना निको भई डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा २५ जनाको डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा नारायणी अस्पतालबाट १८ जना, पर्सा बाट १८ जना, पाटक अस्पतालबाट ५ जना, टेकु अस्पतालबाट १ जना र तैलिहवाबाट १ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ११२ पुगेको हो ।

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : ४२ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई