कोरोना भाइरसको संक्रमणविरुद्ध युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणविरुद्ध युद्धस्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युद्धस्तरमा काम गर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी रोक्नका लागि आवश्यक काम गर्ने र उचित काम गर्न नसक्ने जुनसुकै नेतृत्वलाई परिवर्तन गर्ने समेत जानकारी दिए ।

कुनै पनि विषयले कोरोनाविरुद्धको युद्धलाई कमजोर नपार्ने भन्दै उनले भने,‘मानिसको जीवन नै सबैभन्दा ठूलो कुरा हो ।’

उनले सरकारले निरोगी नेपाल अभियान थाल्ने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले स्थानीय तहलाई थप सक्षम बनाइने बताएका छन्। उनले स्वास्थ्य सेवा र राहत वितरणमा पनि स्थानीय तहलाई सक्षम बनाइने बताएका छन्।

मुलुकबाहिर रहेका नेपालीहरु घर फर्कने क्रम शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले धेरै नेपाली रहेका मुलुकका सरकारप्रमुखसँग आफूले कुरा गरिरहेको समेत जानकारी दिए ।

उनले स्वदेश फर्कन चाहने नेपालीलाई तत्काल नेपाल ल्याउन आवश्यक आदेश सरकारले जारी गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ४५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न