टिचिङ अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु | Khabarhub Khabarhub

टिचिङ अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै टिचिङ अस्पालमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार टिचिङमा आइतबार पीसीआर मेसिन जडान गरिएको हो । योसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देशभरका २० स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा यी २० स्थानका पीसीआर मेसिनबाट २ हजार ९ सय ४ वटा नमूना परीक्षण गरिएको छ ।

यस्तै हालसम्म ५१ हजार ६ सय ४२ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रवक्त डा देवकोटाले आरडीटी विधिबाट हालसम्म ९५ हजार १ सय ९२ वटा नमूना परीक्षण गरिएको पनि बताए ।

गत २४ घण्टामा मात्र ५ हजार १ सय ६६ वटा नमूना आरडीटी विधिबाट परीक्षण गरिएको उनले जानकारी दिए । सरकारले ९५ हजार जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरे पनि आरडीटी पोजेटिभलाई भने कोरोना संक्रमतिको रुपमा तथ्यांक राख्ने गरेको छैन ।

आरडीटी पोजेटिभ आएकाहरुलाई पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएमात्र स्वास्थ्य मन्त्रालयले ती व्यक्तिलाई संक्रमित मान्ने गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ३३ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए