थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ६७५ पुग्यो | Khabarhub Khabarhub

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ६७५ पुग्यो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ५ जना र प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धनुषा नगराइन नगरपालिका– ३का ३०,३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का क्रमश १९, २० र २३ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै काठमाडौंको टोखा नगरपालिका वडा नम्र ३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का क्रमश २७, ४१ र ३७ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको कलैया नगरपालिका कोटवाली–१ का २५ र ३२ वर्षका पुरुष मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार रौतहटको राजपुर फरहदवा वडा नम्बर २,६,८ र इशनाथ–२ का क्रमश १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८,४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा गरिएको परीक्षणमा सप्तरीका डाक्नेश्वरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वर्दियाको वासगढी–९ का २५ वर्षीय पुरुष र बाँकेको दुधवा गाँउपालिका–२ र राप्ती सोनारी गाउँपालिका– ७ का क्रमश १६, २३,२३ र २४ वर्षका तीनजना पुरुष रहेका छन् ।

यस्तै किटजन्य राग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बारा गढीमाई नगरपालिकाका क्रमश १८,१८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५,२५,२५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकाका क्रमश १५, १८, २७ र २९ वर्षका ४ जना पुरुष र २५ वर्षीया एकजना महिला रहेकी छन ।

यस्तै प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतको प्रयोगशालामा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु दैलेखको गुराँस गाउँपालिकाका २४ र २५ वर्षका दुईजना पुरुष रहेका छन् ।

नयाँ संक्रमण पुष्टि भएका सबैजना स्वास्थ्यकर्कीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना पढ्नुहोस्

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ११ : ०३ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका