ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु « Khabarhub

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ ।

सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए ।

राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक आइतबार दिउँसो ठोक्किँदा बस्नेत गम्भीर घाइते भई ढलेका थिए ।

उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ५७ बजे

कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून

सुर्खेत- भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय

काठमाडौँ ३१ को वडाध्यक्षमा एमालेका सरोज ढकाल विजयी

काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

भक्तपुर- भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि

काठमाडौँमा बालेनको मत साढे ३५ हजार कट्यो

काठमाडौँ : स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे

महोत्तरीमा खुम्चियो माओवादी, जितेका पालिका गुमायो

महोत्तरी – नेकपा माओवादी केन्द्र महोत्तरीमा खुम्चिएको छ । तत्कालीन जनमोर्चा