कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द « Khabarhub

कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं – प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई बन्द गरेको छ ।

काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण मागेर सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको हो ।

गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा कोरोना संक्रमणको विषयमा समाजमा अपवाह फैलाउने अनलाइनहरु बिना दर्ता तथा काउन्सिलको बिना अनुमति नै भेटिएपछि बन्द गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार नेपालभित्र प्रसारण तथा प्रकाशन बन्द गरिएका अनलाईनहरुले कोरोनाबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, लकडाउन खुलेको लगायत भ्रामक समाचार सम्प्रेषण गरेको जनाएको छ ।

पत्रकार आचारसंहिता नै नबुझि समाजमा भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुको अनुगमन गरी काउन्सिलले कारबाही गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

काउन्सिलले पत्रकार आचारसंहिता विपरित काम गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी समेत दिएको जानकारी दिएको छ ।

कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याउने कामलाई निरन्तरता दिइएको काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ५३ बजे

‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड 

काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित

वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमाले विजयी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको मेयर र

क्यामरुनमा १९ प्यालेस्टाइनी कामदार अपहरित

काठमाडौं- अफ्रिकी मुलुक क्यामरुनमा प्यालेस्टाइनका १९ जना कामदार अपहरणमा परेका छन्

पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?

कास्की- स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा

काठमाडौँमा २३ हजार ५८४ मतसहित बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको २३