जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगको फराकिलो जीत | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगको फराकिलो जीत


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेसलिगा फुटबलमा आरबी लाइपजिगले शानदार जीत हासिल गरेको छ ।

आइतबार भएको खेलमा लाइपजिगले माइन्जलाई ५ -० गोल अन्तरले पराजित गरेको हो ।

लाइपजिगको जीतमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।

माइन्जको मैदानमा ११ औं मिनेटमा वर्नरले गोल गर्दै खाता खोलेका थिए । २३ औं मिनेटमा युसुफले लाइपजिगको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा मार्सेलले गोल गर्दा लाइपजिग पहिलो हाफमा ३-० ले अघि रह्यो ।

दोस्रो हाफमा वर्नरले ह्याट्रिक पूरा गरे । खेलको ४८ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दा ७५ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीलाई ५ -० को जीत दिलाए ।

जीतसँगै लाइपजिगले २७ खेलबाट ५४ अंक जोडेको छ । लाइपजिग लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०