उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी | Khabarhub Khabarhub

उत्तर कोरियाका नेता किम गम्भीर विरामी नभएको ट्रम्पको दावी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको बताएका छन् ।

ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।

‘उनी बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उनी बिरामी भएका विवरण अरु असत्य हुन्’, ट्रम्पले भने,  ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’

राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण समेत गरे ।

यसअघि ट्रम्पले गत मङ्गलबार किम गम्भीर विरामी भएको सूचना आएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएका थिए ।

नेता किम यही अप्रिल १५ तारिखमा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : ५८ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको