चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैंकहरुलाई सरकारको निर्देशन | Khabarhub Khabarhub

चैत्र मसान्तसम्म ऋणिबाट सावा ब्याज नअसुल्न बैंकहरुलाई सरकारको निर्देशन


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल लकडाउनमा जाँदा सम्पूर्ण आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले बैंकहरुलाई ऋणिबाट सावा ब्याज चैत्र मसान्तसम्म असुल नगर्न निर्देशन दिएको छ ।

सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई कोरोनाका कारण आर्थिक गतिविधि नै ठप्प भएकाले व्यवसायहरुबाट कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत्र मसान्तसम्म ऋणिबाट कर्जाको सावा ब्याज दुबै असुल नगर्न निर्देशन दिएको हो ।

बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रावह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैङ्कले आवश्यक व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

ब्यावसायीहरुले कर्जाको किस्ता रकमको समयावधि सार्न माग गरिरहेका बेला सरकारले यस्तो निर्देशन दिएको हो । सरकारको उक्त निर्णले बैंकबाट ऋण लिएका सबै ऋणिहरुलाई राहत भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६