कोरोना पोजेटिभ भएका बिरामीलाई अब पाटन अस्पताल सारिने | Khabarhub Khabarhub

कोरोना पोजेटिभ भएका बिरामीलाई अब पाटन अस्पताल सारिने


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमति बिरामीको पहिचान भए पछि पाटन अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै कोरोना संक्रमित बिरामीको पहिचान गरेपछि पाटन अस्पतालमा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

मन्त्री ढकालले टेकुको शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई माध्यम अस्पतालको रुपमा राखेर आशंका गरिएका बिरामीको कोरोना परीक्षणको अवधिमा मात्र टेकु अस्पतालमा राख्ने बताए ।

उनले भने, ‘अब यो कोरोना भाइरसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने बेलासम्मका लागि टेकु अस्पताललाई हामीले माध्यम अस्पतालको रुपमा राख्ने र त्यहाँ राखेर परीक्षण पछि कोरोना प्रमाणित भएका बिरामीलाई सिफ्ट गरेर पाटन अस्पतालमा राख्ने भनेर सोचेका छौं ।’

मन्त्री ढकालले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री निर्माणको काम समेत भइरहेको बताए । मन्त्री ढकालले आवश्यक  पर्ने स्वास्थ्य सामाग्री तीन दिनभित्र चीनबाट ल्याउने पनि जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : १२ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको