सेल्फ क्वारेन्टाइनमा निश्चलसँग रमाउँदै स्वस्तिमा (भिडियो) | Khabarhub Khabarhub

सेल्फ क्वारेन्टाइनमा निश्चलसँग रमाउँदै स्वस्तिमा (भिडियो)


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काले कामको व्यस्तताका कारण एकअर्कालाई समय दिन पाएका थिएनन् । सरकारले मंगलवारदेखि लकडाउन गरेपछि उनीहरु फुर्सदमा छन् ।

निश्चल र स्वस्तिमा घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यसअघि पनि स्वस्तिमाले सामाजिक सञ्जालमा लाइभ आएर सबैलाई कोरोना संक्रमणबाट सचेत हुन अनुरोध गरेकी थिइन् ।

यसैबीच स्वस्तिमाले लकडाउनका बेला घरको छतमा रमाइलो गरेको भिडियो शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘जब तपाईं घरमा ५ दिनभन्दा बढी बस्नुहुन्छ भने यस्तै हुन्छ, यतिबेला मसँग गर्नलाई केही छैन त्यसैले यो भिडियो मैले शेयर गरिरहेकी छु ।’

स्वस्तिमा अगाडि लेख्छिन्, ‘आशा छ, तपाईं पनि घरमा बसिरहनुभएको छ ।’

स्वस्तिमा ५ दिनदेखि घरमै क्वारेन्टाइनमा बसिरहेकी छिन् । यो भिडियोमार्फत स्वस्तिमाले निश्चलको प्रेम पनि झल्काएकी छिन् ।

निश्चल र स्वस्तिमाले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ केही महिनाअघि रिलिज भएको थियो । यो फिल्मले खासै चर्चा कमाउन सकेन ।

स्वस्तिमाको भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ रिलिजका क्रममा थियो । तर सरकारले वैशाख १८ गतेसम्म फिल्म चलाउन रोक लगाएपछि फिल्मको प्रदर्शन मिति अनिश्चित बनेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ३२ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका