विद्यार्थीले नै बनाए सेनिटाइजर, अभिभावकलाई राहात | Khabarhub Khabarhub

विद्यार्थीले नै बनाए सेनिटाइजर, अभिभावकलाई राहात


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्दिवास– आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकर्ता बढ्दै गएका छन् ।

कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा नपाउँदा निरास भएका यहाँका सर्वसाधारणलाई अहिले आफ्नै नानीहरुको प्रयत्न उपयोगी बनेको हो । बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् ।

विद्यालयका विज्ञान सङ्कायका कक्षा–१२ का विद्यार्थीले आफ्नै प्रयोगशालामा सम्बन्धित विज्ञ शिक्षकको प्रत्यक्ष नेतृत्वमा मापदण्डअनुसारको सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् । विषय शिक्षक रसायनशास्त्री गङ्गाप्रसाद फुँयालको नेतृत्वमा अम्बिका दाहाल, शिशिर भण्डारी, मञ्जिता बिष्ट र निलिफा रम्तेल सहभागी विद्यार्थी टोलीले सेनिटाइजर बनाउन सफलता पाएको हो ।

शिक्षक तथा रसायनशास्त्री फुँयाल र विद्यालयका ल्याब इञ्चार्ज तथा विज्ञान शिक्षक अखलेश यादवले सेनिटाइजर बनाउन आफ्ना विद्यार्थीलाई सहजीकरण गर्नुभएको हो । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार नै आफ्ना विद्यार्थीले सेनिटाइजर बनाएका रसायनशास्त्री फुँयालको दाबी छ ।

सेनिटाइजर बनाउँदा ५७ दशमलव ४६ प्रतिशत इथानोल, दुई दशमलव ८७ प्रतिशत हाइड्रोजन पेरोक्साइड, एक प्रतिशत गिलसेरोल हुनुपर्ने मापदण्ड छ । त्यसैगरी इथानोल ९६ प्रतिशत, हाईड्रोजन पेरोक्साईड तीन प्रतिशत र गिलसेरोल ९८ प्रतिशत गुणयुक्त रसायनिक पदार्थ हुनुपर्ने मापदण्डअनुसार नै यी पदार्थको मिश्रणबाट आफ्ना विद्यार्थीले सेनिटाइजर बनाएका फुँयाल र यादब बताउँछन् ।

विद्यार्थीले तयार गरेका सेनेटाइजरमा छालालाई नरम, पोषणयुक्त बनाउन आफ्नै वरिपरि पाइने ओषधीय गुणयुक्त वनष्पति घ्यूकुमारीको झोल प्रयोग गरिएको छ । यसलाई इथानोलसँग निश्चित अनुपातमा मिश्रण गरिएको हुँदा स्तरीय सेनिटाइजर तयार भएको फुँयालले बताए ।

विद्यार्थीले तयार गरेका सेनिटाइजर अब नगर वस्तीका घरघरमा प्रयोग गर्न थालिएको छ । ‘बजारमा सेनिटाइजर नभएर अभाव खेप्नु परेका बेला हाम्रै नानीहरुले गुरुहरुको प्रत्यक्ष रेखदेखमा यो तयार गरेका छन्,’ विद्यालयका प्रधानाध्यापक दिपक बरालले भने, ‘विद्यालय बन्द भएपनि एकान्तवासमा सेनिटाइजर बनाउने काम प्रयोगशालामा जारी राखिने र स्थानीय मागअनुसार पूर्ति गरिने छ ।’

विद्यार्थीले तयार गरेका सेनिटाइजर बजारमा कसरी लैजाने भन्नेबारे औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढाकालसँग समन्वय गरिएको विद्यालय प्रशासनले जनाएको छ । यद्यपि रसायनशास्त्री शिक्षक फुँयाल र विज्ञान शिक्षक यादवको प्रत्यक्ष रेखदेखमा तयार गरिएको सेनिटाइजर नगरका वस्ती⁄वस्तीमा प्रयोगमा ल्याइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले विद्यालयले बनाएको सेनिटाइजर गाउँले र विद्यार्थीलाई वितरण गरेर कोरोना भाइरसबाट बचाउन सचेतनामूलक अभियानमा जुटिएको बताएका छन् । बजारमा नपाइरहेको अवस्थामा आफ्ना नानीहरुको मिहिनेतले राहत दिएको अहिले गौरीडाँडाका आम सर्वसाधारण बताउँछन् । विद्यार्थीले तयार पारेका सेनिटाइजर हिजो मङ्गलबार प्रयोगमा ल्याइएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : ४३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका