अब कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने : विश्व स्वास्थ्य संगठन | Khabarhub Khabarhub

अब कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने : विश्व स्वास्थ्य संगठन


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बिन्दु  संयुक्त राज्य अमेरिका हुनसक्ने चेतावनी दिएको छ ।

हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सिर्जना हुने सम्भावना उच्च रहेको बताए ।

यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताए ।

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ४८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका